काठमाडौँ, २९ कात्तिक । नेकपा (एमाले) का नेता झलनाथ खनालले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
सीतापाइला तेक्वान्दो डोजाङ्गले आज यहाँ आयोजना गरेको कार्यक्रममा खेल क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरमा मुलुकलाई चिनाउने माध्यम नै खेलकुद भएकाले यस क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यद्वय वीरेन्द्र श्रेष्ठ र शैलेश कर्माचार्य, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक अर्जुन विकलाई सम्मान गरिएको थियो ।
यसैगरी, सम्मानित हुनेमा तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक तथा ओलम्पियन सङ्गीना वैद्य, सहायक मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, उद्योगीद्वय विमला रिजाल र हरिशरण भेटुवाल तथा उत्कृष्ट खेलाडी शैलेश रिजाल र आयशा लामा रहेका छन् । रासस
No comments:
Post a Comment