Sunday, November 15, 2015

विद्यालयलाई आर्थिक सहयोग

रामपुर (पाल्पा), २९ कात्तिक । जानकी प्राथमिक विद्यालय रामपुर–१३ भुजातको भौतिक संरचना मर्मतका लागि आर्थिक रकम सहयोग भएको छ ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका “अर्गनाइजेसन फर नेप्लिज एण्ड वयल फर स्कटल्याण्ड युके’का संस्थापक सदस्य सन्तोष गैरेले रु दुई लाख विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ ।

“भूकम्पले विद्यालयमा क्षति पु¥याउँदा पठनपाठनमा समस्या भएकाले मर्मतसम्भार गरी विद्यार्थीको पठनपाठनमा सहज वातावरण बनाउन केही रकम सहयोग गरेको हुँ” उहाँले भन्नुभयो ।

भूकम्पबाट विद्यालयको दुईवटा कोठा बस्नै नमिल्ने र तीन कोठा चर्किएर पठनपाठनमा समस्या हँुदै आएको विद्यालयका प्रधानाध्यापक ईश्वरी पाण्डे खनालले बताउनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts