Monday, November 23, 2015

दाउरा लिन नागरिकता चाहिँदैन द टिम्बर कर्पाेरेशन

काठमाडौँ, ७ मङ्सिर । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।
भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पाेरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।
वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा कर्पाेरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पाेरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts