काठमाडौँ, २२ कात्तिक । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले वर्तमान सरकार मुलुकको राष्ट्रियताको जगमा उभिएको र राष्ट्रिय आवश्यकताका आधारमा गठन भएकाले यसले जनता र मुलुकको अपेक्षालाई पूरा गर्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपालले सङ्घको पूर्वअध्यक्ष तथा इन्चार्ज राई मन्त्री भएकामा आज केन्द्रीय कार्यालयमा स्वागत तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा मन्त्री राईले युवा सङ्घको संस्थापक अध्यक्ष अहिले प्रधानमन्त्री भएको तथा विगतमा सङ्घका विभिन्न नेताले सरकारमा रही जिम्मेवारी पूरा गरेको स्मरण गर्दै लोकतान्त्रिक प्रक्रियाबाट नै पार्टीले अहिले सफलता प्राप्त गरेको बताउनुभयो ।
सङ्घका पूर्वअध्यक्ष तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले भारतले लगाएको नाकाबन्दीका कारण अहिले मुलुकमा उत्पन्न भएको असहज स्थितिलाई देशको विकास गर्ने अवसरका रुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घका कार्यबाहक अध्यक्ष दिलु पन्तले मन्त्री राईलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै सूचना र प्रविधिले अहिले विश्वलाई सानो गाउँका रुपमा विकास गरेको र देशमा सूचनाको विकासमा मन्त्री राईले खेल्ने भूमिकामा आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment