काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलेसियाका प्रधानमन्त्री दातो सिरी मोहद नाजिब बिन तुन अब्दुल रजाकले बधाई सन्देशका साथ सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले संविधानसभाबाट नेपालको संविधान जारी भएसँगै नेपाल सरकार र नेपाली जनता नयाँ क्षितिजमा प्रवेश गरेको उल्लेख गर्नुभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सन्देशमा मलेसियाली प्रधानमन्त्रीले मलेसिया र नेपालबीचको न्यानो एवम् मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पारस्परिक हितका लागि आपसमा मिलेर सहयोगका क्षेत्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस,
No comments:
Post a Comment