सल्यान, २० कात्तिक । छायाक्षेत्र–९ नमुना बस्तीमा रहेको कुखुरा फाराममा बिहीबार राति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
नमुना एकीकृत कृषक समूहले सञ्चालन गरेको उक्त फाराममा आगलागी हुँदा
एक हजार ५०० कुखुरा, दाना तथा अन्य सामग्री जलेर नष्ट भएको समूहका सदस्य लोकराज भण्डारीले जानकारी दिनुभयो ।
कुखुराका चल्ला हुर्काउन प्रयोग गरिएको ग्यास सिलिन्डर लिक भएपछि आगलागी भएको प्रहरीको भनाइ छ । आगो निभाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा समूहका सदस्य भण्डारी घाइते समेत हुनुभएको छ । विदेशबाट फर्केका ११ युवाले समूहका नामबाट तीन वर्षदेखि त्यस क्षेत्रमा व्यावसायिक रुपमा कुखुरा र बङ्गुरपालन गर्दै आएका छन् । रासस
No comments:
Post a Comment