त्रिशूली(नुवाकोट), २० कात्तिक । भूकम्पका कारण यहाँका स्वास्थ्य क्षेत्रका संरचना भत्किँदा रु ३५ करोडको क्षति पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले भूकम्पको छ महिनापछि सार्वजनिक गरेको तथ्याङ्क अनुसार नुवाकोट जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयसहित ७० भवन भत्कँदा सो क्षति पुगेको जनाइएको छ ।
भवन भत्कँदा विशेष गरी उपचारमा प्रयोग हुने उपकरणको सुरक्षा, प्रसूति गराउने कक्ष बर्थिङ सेन्टरको अभाव, औषधि भण्डारण, ल्याब परीक्षण, महिला परीक्षणको छुट्टै कक्षको अभाव, पालबाट उपचार गर्नुपर्ने बाध्यता रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका डा किरण पाण्डेले जानकारी दिनुभयो । साथै उपचारमा आएका बिरामीलाई जाडोमा छुट्टै स्थानमा राख्न नसकी चिसोबाट हुने विभिन्न सङ्क्रमण, विषालु किरा तथा जीवजन्तुले टोक्ने समस्या, एकै स्थानमा राखेर उपचार गराउँंदा विभिन्न सरुवा रोगको समस्या आउन थालेको बताइएको छ ।
उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा भवन नै नभएपछि उपचारको प्रभावकारिता लगायत सुरक्षाको समस्या रहेको कल्याणपुर गाविस वडा नं ७ देउडीका ८९ वर्षीय कुलप्रसाद न्यौपानेले त्रिशूली अस्पतालमा गुनासो गर्नुभयो ।
गणेशस्थान गाविस वडा नं २ बाट उपचार गराउन आएकी सुस्मिता अगस्तीले भवन नहुँदा बस्न र आराम गर्न समस्या भएका कारण अस्पतालमा आएका बिरामी नै समस्यामा पर्न थालेको बताउनुभयो । रासस
Friday, November 6, 2015
स्वास्थ्य संस्थामा रु ३५ करोडको क्षति
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment