Sunday, November 1, 2015

सञ्चारकर्मीद्वारा इन्धन उपलब्ध गराउन मन्त्री पुनसँग आग्रह

काठमाडौँ, १५ कात्तिक । सञ्चारकर्मीको एक टोलीले आज वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई भेटी इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण जनताको सुसूचित हुन पाउने अधिकारमाथि अवरोध पुगेको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अगुवाइमा गएको टोलीले ज्ञापनपत्र बुझाउँदै सञ्चार क्षेत्रका लागि निश्चित पेट्रोल पम्प तोकेर भए पनि इन्धन उपलब्ध गराउन आग्रह गरेको हो ।

सोही अवसरमा मन्त्री पुनले निश्चित मापदण्ड बनाएर सोमबारबाट सञ्चारकर्मीलाई सहजरूपमा इन्धन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना विभागको प्रेस पास तथा महासङ्घको सदस्यताका आधारमा सञ्चारकर्मीलाई तेल उपलब्ध गराउने मन्त्री पुनको भनाइ छ । इन्धनको समस्यालाई दीर्घकालीन समाधान खोज्ने बारेमा समेत छलफल भइरहेको मन्त्री पुनले बताउनुभयो ।

पत्रकार महासङ्घको तथ्याङ्कअनुसार उपत्यकाका तीन जिल्लामा तीन हजार ५६७ पत्रकार कार्यरत रहेका छन् ।

सरकारले पत्रकारलाई तेल उपलब्ध गराएको भने पनि वास्तविक श्रमजीवी पत्रकारले पाउन नसकेको भन्दै सञ्चारकर्मी÷पत्रकारले गुनासो गर्दै आएका छन् । इन्धन अभावका कारण कतिपय दैनिक पत्रपत्रिकाले पृष्ठ घटाउनुका साथै बन्दसमेत भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts