Saturday, November 14, 2015

माइक्रोबस दुर्घटनामा तीनको मृत्यु

बाबियाचौर (म्याग्दी), २८ कात्तिक । बेनी नगरपालिका–१३ देवीनडाँडामा आज माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै बीस जना घाइते भएका छन् ।

बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नंको माइक्रोबस दुर्घटना हुँदा बेनी–१३ का नौ वर्षीय सुनिल थापा र छ वर्षीय दिप्जल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हिरा थापाले बताउनुभयो ।

मृतक अन्दाजी १६ वर्षीया एक युवतीको पहिचान खुल्न सकेको छैन । उनीहरुको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बीसमध्ये चालक बेनी–४ खबराका रामकृष्ण सापकोटा सहित सात जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

तेह्र जनाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । माइक्रोबस खसेको ठाउँको सडक साँघुरो छ ।

कुनामा रहेको पहिरोमा बसलाई ठोक्किीनबाट बचाउन खोज्दा डिलबाट माइक्रोबस खसेको हाम फालेर दुर्घटनाबाट बचेका यात्रु दलबहादुर फगामीले बताउनुभयो । बिहान करिब ९.३० बजे दुर्घटना भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts