Sunday, November 8, 2015

मरणोपरान्त पदोन्नति

काठमाडौँ, २२ कात्तिक । नेपाल सरकारले भूकम्पपछिको राहत उद्धारमा खटिएका बेला अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका एक अधिकृत र एक पदिकलाई मरणोपरान्त एक तह पदोन्नति गरेको छ ।

दोलखाको दुर्गम गाउँमा राहत एवम् उद्धारमा खटिएको युएस मरिन क्रप्सको युएस–जेवाइ–हुएई हेलिकप्टर काठमाडौँ फर्कने क्रममा सिन्धुपाल्चोकमा दुर्घटना भएको थियो । भूकम्पपीडितको राहत तथा उद्धार गर्ने कार्यमा खटिएका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार बसन्तबहादुर तितरा उक्त दुर्घटनामा पर्नुभएको थियो ।

सैनिक मुख्यालय जङ्गी अड्डाले उहाँहरु दुवैको पदोन्नतिका लागि गरेको सिफारिसलाई रक्षा मन्त्रालयले यही कात्तिक १६ गते अनुमोदन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो मन्त्रालयले सेनाको सिफारिसलाई अनुमोदन गरेसँगै रावल सेनानी र तितरा सुवेदार पदमा बढुवा हुनुभएको हो । सो दुर्घटनामा केही गैरसैनिक व्यक्तिसमेत परेको अनुसन्धानबाट पत्ता लागेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts