Tuesday, December 1, 2015

मुक्त हलिया, कमैया र कम्लहरीको समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौँ, १० मङ्सिर । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मुक्त हलिया, कमैया र कम्लहरीको न्यायिक पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मुक्त कमैया र हलिया र कम्लहरीका सम्बन्धमा काम गर्ने संस्थाका प्रतिनिधिको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले बँधुवा मजदुरसम्बन्धी समस्या मुलुकभर रहेकाले यसको समग्रतामा समाधानको उपाय खोजिने बताउनुभयो ।

कार्यक्रममा उच्चस्तरीय भूमिसुधार आयोग (गजुरेल आयोग) का पूर्वसदस्य गणेश विकेले उच्च प्राथमिकताका साथ सो समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुुभयो ।

राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घ नेपालका अध्यक्ष राजुराम भुलले कतिपय मुक्त हलियाले अझै पनि परिचयपत्र नपाउनाका साथै घरबारविहीन भएकाले सरकारलाई यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिकारकर्मी बालाराम भट्टराई, मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरी, कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष वसन्ती चौधरी, राष्ट्रिय दलित विकास समाजकल्याण सङ्घका अध्यक्ष भक्त विकेलगायतले सो समस्या समाधानका उपाय औँल्याउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts