भक्तपुर, ११ पुस । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारसँग १२ बुँदे सम्झौताका आधारमा नेमकिपाले समर्थन गरेको खुलासा गर्नुभएको छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले यहाँ आज आयोजना गरेको १२२ औँ माओ जयन्तीको अवसरमा उहाँले देश र जनताको सम्बोधन हुने गरी नेमकिपाले गरेको प्रस्तावलाई सरकारले प्रतिबद्धता जनाएकै आधारमा सरकारलाई समर्थन गरेको बताउनुभयो ।
नेमकिपाले कहिल्यै पनि पद र पैसाको लागि राजनीति नगरेको चर्चा गर्दै उहाँले सरकारले देश र जनताको पक्षमा काम गरेसम्म समर्थन रहने बताउनुभयो । रासस
No comments:
Post a Comment