Sunday, December 20, 2015

बुटबल पावरको नाफा रु सत्चालिस करोड बढी

काठमाडौँ, ५ पुस । बुटवल पावर कम्पनीले आव २०७१÷७२ मा रु ४७ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको आज सम्पन्न २३औँ साधारणसभाले गत वर्षको तुलनामा थप रु ३० करोड ३८ लाख बढी नाफा आर्जन गरेको जनाएको हो । कम्पनीले १२ मेगावाट क्षमताको झिमरुक, ९.४ मेगावाट क्षमताको आँधीखोला आयोजनामार्फत ४६ हजारभन्दा बढी उपभोक्तालाई विद्युत् आपूर्ति गर्दै आएको छ ।

यस्तै कम्पनीको सहायक तथा सम्बद्ध कम्पनीमार्फत ३७.६ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत् आयोजना र ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना अगाडि बढाउन लागेको छ । कम्पनी आफैँले अध्ययन गर्दै गरेका तथा उत्पादन अनुमतिपत्र लिने चरणमा रहेका १०० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना र करिब ८.५ मेगावाट क्षमताको चिनो खोला जलविद्युत आयोजनाको अगाडि बढाउन लागेको छ ।

काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण आगामी केही महिनाभित्रै सुरु गर्न लागिएको कम्पनीका अध्यक्ष पद्म ज्योतिले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts