Sunday, December 6, 2015

म्याग्दीमा ‘जनताको आँगनमा काँग्रेस’ अभियान

बेनी (म्याग्दी), २० मङ्सिर । नेपाली काँग्रेस म्याग्दीले मङ्सिर २२ गतेदेखि ‘जनताको आँगनमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

जिल्ला कार्य समिति म्याग्दीका सचिव माधवप्रसाद रेग्मीको अध्यक्षतामा शनिबार साँझ सम्पन्न कार्यसमितिको वैठकले यही मङ्सिर २२ गते सदरमुकाम बेनीमा कार्यकर्ता भेला एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति तथा प्रशिक्षण विभागका संयोजक रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त भेला नेपालको संविधान, २०७२ को उपलब्धि र कार्यान्वयन, वर्तमान नेपालको समसामयिक सवाल एवम् पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा केन्द्रित रहने सचिव क्या मीनबहादुर कार्कीले जानकारी दिनुभयो ।

सचिव कार्कीले दिएको जानकारीअनुसार अब काँग्रेस गाउँगाउँमा पुगेर जागरण अभियान सञ्चालन गर्ने र जनतालाई नेपालको संविधान २०७२ को उपादेयता र आर्थिक समृद्धिका उपायको खोजी गर्न सघाउनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts