Thursday, December 17, 2015

नेपालीको चुलो निभाएर अधिकार खोजेकामा आक्रोश

पुनर्वास (कञ्चनपुर), २ पुस । उपप्रधानमन्त्री भीमबहादुर रावलले मुलुक भूकम्पले थिलोथिलो बनाएकाले सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभएको छ ।

बेलौरी नगरपालिकास्थित महाकाली बहुमुखी क्यामपसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै रक्षामन्त्री रावलले मधेसी, थारुलगायत नाममा हाल जारी आन्दोलन र लडाइँले नेपाल रुवान्डा जस्तो अस्थिर मुलुक बन्ने खतरा बढेर गएको बताउनुभयो ।

मधेसी नेतालाई लक्षित गर्दै उहाँले भन्नुभयो, “नेपालीको चुलो निभाएर सिमाना अवरोध गरेर आन्दोलनकारीले कस्तो राजनीतिक अधिकार स्थापित गर्न खोेजेका छन् ?”रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts