Monday, December 21, 2015

उद्योगमा आगजनी

सुरुङ्गा (झापा), ६ पुस । हतियारधारी समूहले झापाको दुवागडीमा रहेको एक गुट्खा उद्योगमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुवागढी–९ स्थित प्रगति टोलमा रहेको साकम्बरी प्रोडक्समा आज बिहान सो समूहले आगजनी गर्दा रु एक करोड बराबरको क्षति भएको छ ।

हातहतियारसहित तीन मोटरसाइकलमा आएका छ जनाको समूहले उद्योगका ११ कर्मचारीलाई पेस्तोल देखाएर नियन्त्रणमा लिई उद्योगमा आगजनी गरेको उद्योगका सञ्चालक जेपी गुप्ताले बताउनुभयो ।

पेट्रोल र मट्टितेल बोकेर आएका उनीहरूले दुई घन्टा कर्मचारीलाई नियन्त्रणमा लिई आगजनी गरेका थिए । आगजनीबाट उद्योगमा रहेको सिलाइ यन्त्र, प्याकेजिङ मेसिन, तयारी गुट्खा, सुपारी र विद्युत् सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दोषीको पहिचान नभए पनि प्रहरीले ज्यामिरगढीबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts