महेन्द्रनगर (धनुषा), ६ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगपालिका सडक खण्डमा आज ट्रक र पिकअप भ्यान ठोक्किएर भएको आगलागीमा एक जनाको मृत्युभएको छ ।
गणेशमान चारनाथ नगरपालिका–७ गोदार सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९९०४ नंको ट्रकले सोही दिशामा जाँदै गरेको पिकअप भ्यानलाई ठक्कर दिँदा आगलागी भई पिकअप चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । रासस
No comments:
Post a Comment