Friday, December 11, 2015

हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाँै, २५ मङ्सिर । नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आज प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल, उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाइएको मञ्चका अर्जुनसिंह विष्टले जानकारी दिनुभयो ।

मञ्चले २०४७ सालको संविधान लागू गर्नुपर्ने, धर्म निरपेक्षता र सङ्घीयता खारेज गर्नुपर्ने, पाँच विकास क्षेत्रलाई कायम गर्नुपर्ने, राष्ट्रिय झन्डा र राष्ट्रिय चिह्नलाई यथावत राख्नुपर्नेलगायतका माग गरेको छ ।

मञ्चको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयले कतिपय विषयमा सकारात्मक जवाफ दिनुभएको विष्टले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts