प्यूठान, १५ मङ्सिर । प्यूठान–भालुबाङ सडकखण्डअन्तर्गत तिराम–४ थक्लेनीमा आज यात्रुवाहक बस दुर्घटना भएको छ ।
प्यूठानको भिङ्गृबाट कृष्णनगरका लागि छुटेको लु१ख ३२४९ नम्बरको बस दुर्घटना हँुदा बसमा रहेका १० जनाभन्दा धेरै यात्रु गम्भीर घाइते भएको बसमा सवार यात्रु टीकाराम कालाथोकीले जानकारी दिनुभयो ।
दुर्घटना भएको स्थानमा अहिले प्रहरी जान लागेकाले थप विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा हालसम्म मानवीय क्षतिको विषयमा जानकारी नआएको भए पनि मानवीय क्षतिको सम्भावना रहेको प्रहरीले जनाएको छ ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अहिले स्थानीयवासी, नेपाली सेवा र प्रहरीले उद्धार कार्य सुरु गरेको बताउनु भएको छ । जिल्लामा इन्धन अभावले गर्दा थोरै सवारीसाधन चलेको र दुर्घटनामा परेको बसमा भित्र र छतमा भरिभराउ यात्रु रहेको बसमा सवार यात्रु टीकाराम कालाथोकीले बताउनुभयो । रासस
No comments:
Post a Comment