Friday, December 18, 2015

मापसे गरी सवारी दुर्घटना गराउने चालक कारागारमा

बैतडी, ३ पुस । जिल्लामा पहिलो पटक मादक पदार्थ सेवन गरी सवारी साधन दुर्घटना गराउने एक चालकलाई कारागार सजाय भएको छ ।

बैतडी ग्वाल्लेक–४ का गोपालदत्त जोशीले मापसे गरी सवारी साधन दुर्घटना गराएको प्रमाणित भएपछि जिल्ला अदालत बैतडीले आज दुई महिना कारागार सजाय र रु दुई हजार जरिवानाको फैसला सुनाएको हो ।

जिल्लामै पहिलो पटक मापसे गरी सवारी दुर्घटना गराउने चालकलाई कारागार सजाय भएको हो । मापसे गरेका चालक जोशीले चलाएको से १ ज ३७३ नंं को जिप गत कात्तिक २३ गते देहिमाडौँबाट गिरेगडा जाने क्रममा ग्वाल्लेक–२ ठूलसैनमा दुर्घटना हुँदा दुई जनाको ज्यान जानाका साथै १० जना घाइते भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts