धुन्चे (रसुवा), ३ पुस । नेकपा (एमाले)को आज सम्पन्न सातौँ जिल्ला अधिवेशनले कर्नेल तामाङको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिका उपाध्यक्षमा विष्णुप्रसाद देवकोटा, सचिवमा विजय लामा, सहसचिवमा डिल्ली सुवेदी तथा सदस्यमा छिरिङवाङ्मो हिराचन, सुभद्रा देवकोटा, साङतेम्बा तमाङलगायत हुनुहुन्छ ।
यसअघि यही पुस १ गते अघिवेशनको प्रधानमन्त्रीले गते उद्घाटन गर्नुभएको थियो । आफ्नो जितपछि रासससँग प्रतिक्रिया दिँदै अध्यक्ष तामाङले रसुवागढी नाकालाई व्यवस्थित गर्न पार्टीका तर्फबाट भूमिका खेल्न तथा जिल्लामा सञ्चालित विद्युत् आयोजना निर्माण निर्बाध रुपले अघि बढाउन सहयोग गरिने बताउनुभयो । रासस
No comments:
Post a Comment