Friday, December 25, 2015

अनेकतामा एकताको उदाहरण नेपालको विशिष्ठता–प्रधानमन्त्री ओली

काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भौगोलिक विविधता, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै अनेकतामा एकताको उदाहरण पाइनु नै नेपालको विशिष्ठता भएकोे उल्लेख गर्नुभएको छ ।

बाह्रौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो भेषभूषा, पहिरन, बाजागाजा, कला, संस्कृतिको जगेर्ना गर्न यस्ता दिवसहरु निकै उपयोगी हुने भएकाले यहाँहरुले यो दिवसलाई निरन्तरता दिनुहोस् ।”

अर्को प्रसङ्गमा उहाँले संविधान निर्माणपछि स्वाभिमानका साथ विकासको पथमा आफूहरु अगाडि बढिरहेको बताउनुभयो । संविधानले सबै वर्ग, क्षेत्र, समुदाय, लिङ्गलाई अधिकार प्रदान गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मनित गर्नुका साथै प्रधानमन्त्रीले क्यालेन्डर र चाँदीको सिक्का सार्वजनिकीकरण गर्नुभएको थियो ।

ज्यापू दिवस समारोह समितिका संयोजक तीर्थमान महर्जनले भूकम्पले नेपालको पुरातत्विक सम्पदामा धेरै क्षति पु¥याएको बताउँदै तिनको पुनःनिर्माणका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीलगायत अतिथिलाई नेवार समुदायको विशेष खानाको परिकार ‘योमरी’ दिइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts