Friday, December 25, 2015

राजधानीको तापक्रम केही सुधारोन्मुख

काठमाडौँ, १० पुस । विगत केही दिनदेखि अत्यधिक चिसो रहँदै आएको काठमाडौँ उपत्यकाको तापक्रममा आजबाट केही सुधार देखिएको छ ।

बिहीबार दुई वर्षयताकै सबैभन्दा बढी चिसो न्यूनतम् तापक्रम शून्य डिग्री सेल्सियस पुगेकोमा आज उपत्यकाको न्यूनतम् तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रममा केही सुधार आएसँगै काठमाडौँ उपत्यकामा आज केही न्यानो महसुस गरिएको छ । उपत्यकासहित देशभर बिहानैदेखि घाम लागेकाले पनि सर्वसाधारणले राहत महसुस गरेका छन् ।

मौसमविद् शान्ति कँडेलले विगत तीन÷चार दिनदेखि निरन्तर घटेको तापक्रममा आजबाट केही सुधार आएको राससलाई जानकारी दिनुभयो ।

उहाँले अबको केही दिन उपत्यकाको न्यूनतम् तापक्रम धेरै हेरफेर नहुने र एकदेखि चार डिग्री सेल्सियसको हाराहारीमा रहने बताउनुभयो । गएराति आकासमा हल्का बादल देखिएकाले पनि मौसम केही न्यानो भएको मौसमविद् कँडेलको भनाइ छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम १६ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पनि महाशाखाले पूर्वानुमान गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts