Wednesday, December 9, 2015

सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

जाजरकोट, २३ मङ्सिर । यहाँको तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर पु¥याइदिने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको रहस्य खुलेपछि उनीहरूलाई प्र्र्र्रहरीले पक्राउ गरेको हो ।

काँक्रेविहारको जङ्गलमा बलात्कार गरेपछि पीडित युवतीलाई पुनः सुर्खेत वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा लगेर बलात्कार गरेपछि त्यही छोडेर भागेका थिए । पीडित युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षीय टोपबहादुर गुरुङ, ३१ वर्षीय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसीलाई पक्राउ गरिएको छ ।

अदालतबाट म्याद थप गरेर तीनैजनालाई हिरासतमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts