Monday, December 21, 2015

काँग्रेस र मधेसी मोर्चाबीच छलफल

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ ।

काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको छलफलमा मधेस आन्दोलनका माग सम्बोधन सम्बन्धमा छलफल भएको र मङ्गलबार बिहान पुनःछलफल हुने काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।

सत्ता पक्षसँग कुनै पनि वार्ता हुन नसकेका बेला प्रतिपक्षी दल काँग्रेसले मोर्चाका माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने पहल गरेको उहाँले बताउनुभयो ।

छलफलमा काँग्रेसबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवं नेता विमलेन्द्र निधि तथा मोर्चाबाट तराई–मधेस तोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts