Thursday, December 17, 2015

समस्या समाधानमा सबै एक हुनुपर्छ : मन्त्री शर्मा

प्यूठान, २ पुस । सामान्य प्रशासन मन्त्री रेखा शर्माले संविधान निर्माणसँगै देखिएको राष्ट्रिय समस्याको वार्ता र सम्वादबाट निकास निकाल्नुपर्ने बताउनुभएको छ ।

उत्तरी प्युठानस्थित गौमुखी उच्चमाविको रजत महोत्सवको आज समापन गर्दै मन्त्री शर्माले राष्ट्रिय अखण्डता कायम राख्नु अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।

उहाँले मधेसवादी दलले उठाएका माग राष्ट्रिय एकताको विपक्षमा रहेको बताउँदै सामाजिक सद्भाव र अखण्डता बिग्रने गरी कुनै पनि हालतमा सहमति हुन नसक्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts