Thursday, December 17, 2015

सात वर्षभित्र पूर्वको सबै क्षेत्रमा सिँचाइ सुविधा – मन्त्री यादव

इनरुवा, २ पुस । सिँचाइमन्त्री उमेश यादवले सुनसरी, मोरङ र सप्तरीका सबै क्षेत्रमा आगामी सात वर्षभित्र सिँचाइ सुविधा पुग्ने दाबी गर्नुभएको छ ।

आज सुनसरीको चतरा र उदयपुरको मैनामैनीसम्मको कोसीको मुहानदेखि आयोजना नहरको मूलसम्मको अवलोकन गर्दै मन्त्री यादवले सिँचाइ विकासका लागि सुनसरी, मोरङ सिँचाइ आयोजनाको स्तरोन्नतिका लागि रु १० अर्बको लागतमा सात वर्षभित्र पूर्व क्षेत्रमा सिँचाइ पुग्ने दाबी गर्नुभयो ।

उहाँले आर्थिक क्रान्तिका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने भएकाले सिँचाइमा लगानी गर्न लागेको बताउनुभयो । मन्त्री यादवले सुनसरी, मोरङ, उदयपुर, सप्तरीलगायतका क्षेत्रमा पानीको स्रोत रहेका क्षेत्रमा सिँचाइ पु¥याउने र त्यसका लागि अध्ययन सुरु भइसकेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts