Saturday, December 26, 2015

राजनीतिक संयन्त्र गठनको तयारी हुँदै : उपप्रम मैनाली

धनगढी, ११ पुस । उपप्रधान मन्त्री तथा महिला, बालबालिका एवम् समाज कल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा उठिरहेको विवादलाई समाधान गर्न सरकार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर समाधान गर्ने प्रयासमा रहेको बताउनुभएको छ ।

नेकपा (माले)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ताद्वारा समस्याको समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –“नेपालको इतिहासमै यो संविधान अग्रगामी र प्रगतिशील रहेकाले यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हो ।”

उपप्रधानमन्त्री मैनालीले नेपालमा समतामूलक समाज निर्माणका लागि नयाँ संविधानले ढोका खोलेको बताउनुभयो ।

उहाँले चीनसँग थप व्यापारिक नाका खुलाउन भएको सहमतिले मुलुकको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

उपप्रधानमन्त्री मैनालीले भारतले लगाएको नाकाबन्दी औचित्यहीन रहेको भन्दै त्यसलाई सकेसम्म चाँडै हटाउनुपर्ने बताउनुभयो ।

एक प्र्रश्नमा उहाँले आन्दोलनरत मधेसी मोर्चासँग सरकार गम्भीरतापूर्वक वार्ता गर्ने प्रयासमा रहेको समेत बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts