काठमाडौँ, २५ मङ्सिर । नेपालमा मधुमेहका रोगी बढ्न थालेसँगै आँखाको रेटिनामा देखिने रोग पनि बढ्न थालेको र उपचारका लागि चाहिने उपकरण र मानव स्रोतको कमी भएको सम्बद्ध चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
तिलगङ्गा आँखा प्रतिष्ठानले आज आयोजना गरेको अन्तक्र्रियामा तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा सन्दुक रुइतले मधुमेह रोग एक जटिल र दीर्घ रोग भएकाले यसले शरीरका महत्वपूर्ण अङ्गमा असर पु¥याउँछ भन्दै सबै अस्पतालमा आवश्यक उपचार, उपकरण र दक्ष चिकित्सक नहुँदा समस्या बढ्दै गएको बताउनुभयो ।
वीर अस्पतालका पूर्व नेत्र विभाग प्रमुख तथा नेपाल मधुमेह एसोसिएसनका उपाध्यक्ष प्रा डा मधुरदेव भट्टराईले तिलगङ्गा आँखा अस्पतालले सञ्चालन गरेको मधुमेह रेटिनोथेरापी कार्यक्रम निकै उपयोगी भएकाले यसलाई निरन्तरता दिई मधुमेह भएका गर्भवतीलाई अझ सचेत गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
वीर अस्पतालका निर्देशक प्रा डा स्वयम्प्रकाश पण्डितले मधुमेह रोग बढ्दै गएको यसबाट हुने अन्धोपनका बारेमा सबैमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
पाटन अस्पतालका डा बुद्धि पौडेलले गर्भवतीमा मधुमेह रोग लागेसँगै बच्चामा हुने खतरा बढ्दै गएकाले सरकारले यससम्बन्धी आफ्ना कार्यक्रमलाई बढाएर देशैभरि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
तिगङ्गा आँखा प्रतिष्ठानले तीन वर्षदेखि मधुमेह रेटिनोपेथी कार्यक्रम गरेको र अब नेपाल सरकारसँग मिलेर कार्यक्रमलाई विस्तार गरिने जनाएको छ । रासस
No comments:
Post a Comment