Wednesday, December 2, 2015

महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ, १६ मङ्सिर । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले ‘प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको सहयोगमा जावलाखेलको मैदानमा यही मङ्सिर १८ गतेसम्म जारी रहने प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत छ समूहले प्रतिस्पर्धा गर्ने छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले खेल मैदानमा रेफ्रीलाई भलिबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले नेपालमा भलिबल खेलको विकासका लागि खड्काले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सो प्रतिस्पर्धाको आयोजना गरिएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts