काठमाडौँ, १६ मङ्सिर । शिक्षा क्षेत्र तथा अध्यात्म क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने चेतनाथ शर्मा आचार्यलाई ‘भारती खरेल स्मृति सम्मान’ बाट आज सम्मान गरिएको छ ।
भारती खरेल प्रतिष्ठानले साहित्यसाधिका खरेलको ७८औँ जयन्तीका अवसरमा सो सम्मान दिएको हो । छब्बीस वर्षसम्म अनवरत रुपमा शिक्षा क्षेत्रमा योगदान पु¥याउनुभएका शर्माले छ पुस्तक लेख्नु भइसक्नुभएको छ । ललितपुरको झरुवारासीमा विसं १९९१ मा जन्मनुभएका शर्मा विसं २०५० देखि पूर्ण रुपमा अध्यात्म क्षेत्रमा लाग्नुभएको हो ।
सो अवसरमा शर्माद्वारा लिखित ‘अन्तरमनका भाव तरङ्ग’ पुस्तक विमोचन गरिएको थियो । पुस्तकमा उहाँले आफ्ना जीवनका अनुभव तथा विदेश यात्रा संस्मरण उल्लेख गर्नुभएको प्रतिष्ठानका सदस्य सचिव प्रयागराज वशिष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताले खरेलको साहित्यप्रतिको निष्ठा र आदर्शलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment