Wednesday, December 23, 2015

जातीय र क्षेत्रीय राजनीतिले मुलुक अस्थिरतातर्फ–नेता डा महत

त्रिशूली (नुवाकोट), ८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जातीय र क्षेत्रीय भावनालाई उचालेर राजनीति गर्नेहरुका कारण मुलुक अस्थिरतातर्फ गएको बताउनुभएको छ ।

आज विदुरमा नेपाल प्रेस युनियन नुवाकोटले गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “जातीय र क्षेत्रीय भावनालाई उचालेर राजनीति गर्न थालियो, यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्न थालेको छ, मुलुकका लागि दुर्भाग्य हो ।”

मधेसका राजनीतिक दललाई नाकामा धर्ना बसेर अवरोध नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “नाका निर्वाधरुपमा सञ्चालन हुन दिनुस् । संसदमा दर्ता भएको संविधान संशोधन स्वीकार गरी आन्दोलन फिर्ता लिनुस् ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts