Friday, December 11, 2015

आन्तरिक समस्याको हल देश बाहिरबाट हुँदैनःभण्डारी

महोत्तरी, २५ मङ्सिर । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नेपालको आन्तरिक समस्याको हल देश बाहिरबाट हुन नसक्ने बताउनुभएको छ ।

धनुषाको सबैलामा आयोजित विरोधसभालाई सम्बोधन गर्न हिँड्नुभएका सङ्घीय समावेशी मधेसी गठबन्धनका नेता भण्डारीले आज दिउँसो महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुरा गर्दै नेपालको आन्तरिक समस्या लिएर नेपाली जनता आन्दोलित भएकाले देशभित्रको समस्या देशभित्रै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts