काठमाडौँ, १५ मङ्सिर । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी ८६ वर्षीय गिरिजाविनोद उपाध्यायको यही मङ्सिर १३ गते भएको निधानप्रति दुःख व्यक्त गरेको छ ।
नेकाले आज एक विज्ञप्ति जारी गरी प्रजातन्त्र सेनानी उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको र पार्टीले एक होनहार व्यक्तिलाई गुमाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
उपाध्यायको सिरहाको मिर्चैया नगरपालिका ढोढनास्थित आफ्नै निवासमा निधन भएको हो । उपाध्याय २०४२ सालदेखि २०४३ सालसम्म नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिरहाको कार्यवाहक सभापति हुनुहुन्थ्यो । उहाँका एक छोरा र तीन छोरी हुनुहुन्छ ।
यसैगरी, नेकाले रूकुम जिल्ला कार्यसमिति सदस्य नैनसिंह दमाईको निधनप्रति पनि दुःख व्यक्त गरेको छ ।
नेकाद्वारा आज जारी विज्ञप्तिमा उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको र पार्टीले एक होनहार व्यक्तिलाई गुमाएको जनाएको छ ।
नेपाली कांग्रेसमा क्रियाशील रहेकै कारण तत्कालीन माओवादीले २०५१ सालमा उहाँको दाहिने खुट्टा काटिदिएको थियो ।
दमाईको यही मङ्सिर १३ गते दाङमा निधन भएको थियो । स्वर्गीय दमाई स्थानीय निर्वाचन २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५५ मा मग्मा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस
No comments:
Post a Comment