धनगढी, १५ मङ्सिर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराई मधेसका समस्या समाधान संवादबाट खोजिनुपर्ने बताउनुभएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले पछिल्लो पटक तराई मधेसमा देखिएका समस्या समाधानका लागि आन्दोलन नभई वार्ता उत्तम विकल्प भएको बताउनुभयो ।
पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपनप्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने नदिनेबारे पार्टीका नेता कार्यकर्तासंग सल्लाह, सुझावका आधारमा निर्णय लिने बताउनुभयो । रासस
No comments:
Post a Comment