मेलम्ची, २६ मङ्सिर । नेपाल रेडक्रस सोसाइटीले आज मेलम्ची नगरपालिका–१३ ज्यामिरेका ४४८ घर परिवारलाई रु १० हजारका दरले राहत प्रदान गरेको छ ।
भूकम्पपीडितका लागि न्यानो कपडा खरिदका लागि उक्त रकम प्रदान गरिएको नेपाल रेडक्रस मेलम्ची उपशाखाका अध्यक्ष इन्द्रमणि दाहालले जानकारी दिनुभयो ।
सरकारले चिसो मौसम सुरु भएसँगै भूकम्पपीडितलाई चिसोबाट बच्न प्रतिपरिवार रु १० हजार दिने निर्णयअनुसार सो रकम प्रदान गरिएको हो ।
रेडक्रसले रकम उपलब्ध गराएको ठाउँमा सरकारले पुनः रकम उपलब्ध गराउँदैन । यसअघि पनि मेलम्ची नगरपालिकाका केही वडामा रेडक्रसले प्रतिपरिवार रु १५ हजार उपलब्ध गराएको थियो । रासस
No comments:
Post a Comment