Saturday, December 12, 2015

अमर प्रहरी परिवारलाई सहिद परिवार घोषणा गर्न माग

काठमाडौँ, २६ मङ्सिर । अमर प्रहरी परिवारले आफ्ना परिवारलाई सहिद परिवार घोषणा गर्न सरकारसँग माग गरेको छ ।

पूर्वप्रहरी कर्मचारी परिषद् नेपालको तेस्रो वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरी परिवारले संविधानमा अमर प्रहरी, अपाङ्ग बनेका प्रहरीको योगदानलाई समेट्न नसकेको गुनासो समेत गरे ।

अमर प्रहरी परिवारका तर्फबाट सरस्वती पौडेलले एक हजार ५५६ परिवार अमर प्रहरीको रहेको बताउँदै प्रहरी नियमावलीमा घाइते प्रहरीका लागि उचित व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक रमेश शङ्कर वज्राचार्यले नेपाल प्रहरीले आन्तरिक तथा बाह्य चुनौतीको सामना गर्नुपरिरहेको बताउँदै प्रहरीका लागि कल्याणकारी कार्यक्रम ल्याउन सबैको सहयोगको खाँचो छ भन्नुभयो ।

कार्यक्रममा ७५ वर्ष नाघेका पूर्व प्रहरी सुदर्शन समसेर थापा, पृथ्वीसमसेर राणा, तिलबहादुर गिरी, हरिबहादुर खत्री र निलप्रसाद न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts