ललितपुर, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्थाका बारेमा उहाँकै निवासमा पुगेर जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ खुमलटारस्थित बाँस्तोलाको निवासमा पुगेर उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको हो ।
विगत तीन वर्षदेखि अचेत अवस्थामा रहनुभएका ७२ वर्षीय बाँस्तोलाको स्वास्थ्यमा क्रमिक सुधार आएको उहाँको धर्मपत्नी कुसुम बाँस्तोलाले जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment