Saturday, December 19, 2015

राजनीतिमा नवीकरण आवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौँ, ४ पुस । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिमा नवीकरण नभएसम्म युवाको भविष्य उज्ज्वल हुन नसक्ने बताउनुभएको छ ।

समृद्धिका लागि युवा अभियान नेपालले आज यहाँ गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले देशलाई छोटो अवधिमा आर्थिक समृद्धिमा लैजान राजनीतिमा सुधार आउनुपर्ने बताउनुभएको हो ।

उहाँले देशको विकासका लागि पुरानो संरचना बदली बाहिरी देशसँगको असन्तुलित सम्बन्धमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो –“देशभित्र स्थायी शान्ति कायम गरी युवालाई सिर्जनात्मक कार्यमा लगाई विदेशी परनिर्भरता कम गर्न आवश्यक छ ।”

राजनीतिक नेतृत्व ठीक नभएसम्म बाहिरी क्षेत्रले जति राम्रो काम गरे पनि देशले समृद्धि गर्न नसक्ने बताउँदै भट्टराईले भन्नुभयो,
“देशभित्र शान्ति कायम गरी आर्थिक परनिर्भरता कम गरी देशलाई विकास निर्माण लैजान आवश्यक भएको छ ।”

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले रोजगारीको अभावमा बाहिरिएको युवा जनशक्तिलाई देशभित्रै निर्माणमा लगाउन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

युवा अभियानका संयोजक प्रकाशचन्द्र सापकोटाले देशको उत्पादनशील पुस्ता विदेशिदा देशको विकास विप्रेषणमा मात्र भएको उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts