Sunday, December 6, 2015

पुनःनिर्माण र दिगो विकासका लागि राष्ट्रिय महिला सम्मेलन हुने

काठमाडौँ, २० मङ्सिर । विपद् व्यवस्थापन, पुनःनिर्माण र दिगो विकासका लागि राष्ट्रिय महिला सम्मेलन हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था (अस्मिता), एक्सन एड इन्टरनेसनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको आयोजनामा यही मङ्सिर २३ र २४ गते सम्मेलन हुने भएको जानकारी दिइयो ।

विद्यमान प्राकृतिक विपद् व्यवस्थापन ऐन कानुन, नीति र नेपाली सन्दर्भमा अख्तियार गरिएका अन्य पहलको मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुन एवम् नेपालको संविधान, २०७२ को सन्दर्भमा तिनीहरुको प्रभावकारिताबारे विश्लेषण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको अस्मिताका कार्यकारी निर्देशक मञ्जु थापाले बताउनुभयो ।

सम्मेलनले नेपालको वर्तमान सन्दर्भमा महिला र प्राकृतिक विपद्सम्बन्धमा विमर्श सिर्जना गरी विपद् व्यवस्थापनसम्बन्धी प्रमुख मुद्दा सम्बोधन तथा यस प्रक्रियामा महिला नेतृत्वको सुनिश्चितता गर्ने गरी भावी कानुनी तथा नीतिगत रणनीति एवम् कार्यक्रम सिफारिस गर्नेछ ।

प्राकृतिक विपद् र यसबाट महिलामा पर्ने प्रभाव सम्बन्धमा केन्द्रित रही सम्मेलनमा विभिन्न विश्लेषक र विषयविज्ञबाट ६ अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts