Sunday, December 6, 2015

परराष्ट्र विज्ञमा खनाल नियुक्त

काठमाडाँै, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला विज्ञमा पत्रकार गोपाल खनाल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले खनाललाई विशिष्ट श्रेणी सरहको सुविधा पाउने गरी नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभएका खनाल फोरियनएफेएर्स डट कमका सम्पादक र चक्रपथ डट कमका सल्लाहकार सम्पादक हुनहुन्थ्यो ।

कूटनीतिक मामिलामा कलम चलाउँदै आउनुभएका खनालले केही समय भारतमा रहेर पनि पत्रकारिता गर्नुभएको थियो ।

महारानी जोदा–३ झापामा जन्मेका खनालले पत्रकारिता, अङ्ग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts