Monday, December 28, 2015

संविधानमा सबै समुदायका अधिकार सुनिश्चित छ–उपप्रम केसी

म्याग्दी, १३ पुस । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले नयाँ संविधानमा सबै समुदायका हक र अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।

‘नेपालको संविधान जनताको संविधान–जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानअन्र्तगत आज बेनीमा आयोजित कार्यक्रममा उहाँले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायका अधिकार नयाँ संविधानमा सुनिश्चित भएकाले नयाँ संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री केसीले संविधान निर्माणपश्चात् यसको कार्यान्वयन महत्वपूर्ण रहेकाले संविधान जारी गर्न एकमत भएका मुख्य तीन दलको एकता अझै आवश्यक रहेको उल्लेख गर्नुभयो । संविधानमा भएका विमतिलाई जनमत तयार गरी संशोधनमार्फत अगाडि बढ्नुपर्ने बताउँदै उहाँले मधेसमा जारी आन्दोलनको संवैधानिक र राजनीतिकरुपमा समाधान खोजिनुपर्ने बताउनुभयो ।

माग सम्बोधनको बाहनामा देश नै ठप्प हुने गरी सीमानाका अवरोध गर्नु र हिंसात्मक आन्दोलन गर्नुको कुनै अर्थ नरहेको भन्दै उहाँले निर्वाचन क्षेत्र भूगोल र जनसङ्ख्याको आधारमा मात्रै निर्धारण हुने बताउनुभयो । जनताका प्रतिनिधिद्वारा संविधान निर्माण हुनु जनताकै जित भएको उहाँको भनाइ थियो ।

आफ्नो पार्टी जनमोर्चाले समेत संविधानका केही व्यवस्थामा विमति जनाएको स्मरण गर्दैै उपप्रधानमन्त्री केसीले नयाँ संविधानले मुलुकको विकासको मार्गदर्शन दिएकाले संविधानको कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts