काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ ।
ललितपुरको जाउलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा एपिएफले न्युडायमन्ड एकेडेमीलाई ३–० को सोझो सेट २५–१६, २५–११ र २५–१५ मा पराजित गरेको हो ।
प्रतियोगितामा विधागततर्फको पुरस्कारमा पनि एपिएफकै वर्चस्व रह्यो । उत्कृष्ट खेलाडीमा एपिएफकै सरस्वती चौधरी, उत्कृष्ट व्लगरमा उषा विष्ट र उत्कृष्ट सेटरमा विनिता बुढाथोकी घोषित भए ।
त्यसैगरी न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर र ललिता नाथ उत्कृष्ट क्विकरको उपाधि पाए भने पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट सर्वर घोषित भइन् । उपाधिसहित एपिएफले रु ५० हजार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाएको न्यू डायमण्डले रु ३५ हजार प्राप्त ग¥यो ।
प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीले जनही रु एक हजार पाँच सय नगद प्राप्त गरे । प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ, आयोजक कमिटीका अध्यक्ष रञ्जन खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयाजना गरेको उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहेको थियो । रासस
No comments:
Post a Comment