परासी, १९ मङ्सिर । नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ भित्री सडकमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
चोरमाराबाट कोल्हुवातर्फ आउँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेकी साइकलयात्री मध्यबिन्दु नगरपालिका–४ बस्ने ४० वर्षकी मिना घर्तीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment