Saturday, December 12, 2015

पृथ्वी जयन्तीमा बिदा दिन माग

काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मूल समारोह समितिले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

समारोह समितिले २९४ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको ‘पृथ्वीनारायण शाहको सुरक्षा नीति र वर्तमान नेपालको राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी’ कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका पृथ्वीनारायण शाहलाई राज्यले उचित सम्मान नदिएको गुनासो गर्नुभयो ।

उहाँले पृथ्वीनारायण शाह राजाभन्दा पनि सिपाहीको रुपमा देशमा रहेर शासन गरेको भन्दै उहाँलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउनुभयो ।

नेपाली सेनाका निवर्तमान डा प्रेमसिंह बस्नेतले पृथ्वीनारायण शाहका दिव्योपदेश देशको वर्तमान सुरक्षाका लागि उत्तिकै सान्दर्भिक रहेको बताउँदै सिपाइको छाती बलियो नभए लडाइँ जितिंदैन भन्ने शाहको दिव्योपदेशबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।

समारोह समितिका संयोजक भरत बस्नेतले पृथ्वीनारायण शाहका दिव्योपदेश कुशल समाज निर्माणका लागि कुशल सुरक्षा रणनीति र कुशल शासन व्यवस्थाका लागि सधैं सहयोगीसिद्ध हुने धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts