दाङ, २६ मङ्सिर । दाङको विजौरीमा भएको हायस माइक्रोबस आज दिउँसो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
दिउँसो तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ४३० नम्बरको यात्रु बोकेको हायस गाडी विजौरी–५ विजौरीमा दुर्घटनामा परेको थियो ।
घटनामा १३ यात्रु घाइते भएकोमा पाँचजना भने राप्ती अञ्चल अस्पताल, तुलसीपुरको उपचारपछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इँले जानकारी दिनुभयो ।
घाइतेमध्ये आठको अवस्था गम्भीर रहेकाले राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment