इटहरी, ३ पुस । सुनसरीको श्रीपुर–९ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतिरबाट पूर्वतिर आइरहेको को २१ प ४१८२ नंको मोटरसाइकल आज अपराह्न दुर्घटना हुँदा एक भारतीयको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत गजियाबाद उत्तर इलाइचीपुरका मोहम्मद इमान खान रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनसरी हरिपुर–७ का अशोककुमार मण्डल र मोहम्मद जागिर मियाँ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment