Monday, December 21, 2015

वार्ता र संवादमार्फत सबै माग सम्बोधन गर्न सकिन्छ – मन्त्री राई

पोखरा, ६ पुस । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले संविधानमा रहेका असहमतिका बुँदा एउटै टेबुलमा बसी लचकताका साथ वार्ता र संवादबाट सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

‘रेडियो सफलता’को पाँचाँै वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई आज सम्मान गर्दै उहाँले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रस्तावबाटै असन्तुष्ट पक्षले उठाएका माग पूरा गर्न निर्णायक छलफल गरी मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । “विश्वमै उत्कृष्ट मानिएको नेपालको संविधानलाई नजिकको छिमेकी राष्ट्रले चित्त बुझेन भनेर अघोषित नाकाबन्दी गरी नेपाली जनतालाई मानवीय सङ्कट पु¥याउनु दुर्भाग्य हो”– मन्त्री राईले भन्नुभयो– “यसमा संविधानसभा, नेपाली जनता र नेपाल सरकार कसैको पनि दोष छैन ।”

सरकारका प्रवक्ता राईले नयाँ संविधानमा विमति रहेका बुँदामा विरोध गर्ने तौरतरिका छुट्टै हुँदाहुँदै पनि हिंसात्मक र ध्वंसात्मक आन्दोलन गरी अत्यावश्यक वस्तुको आयातनिर्यातमा अवरोध पु¥याउनु अमानवीय भएको टिप्पणी गर्नुभयो ।

“नयाँ संविधान जारी भएपछि मुलुक अब आर्थिक विकास, समृद्धि र शान्तितर्पm उन्मुख हुँदै अशिक्षा, बेरोजगारी र गरिबीको अन्त्य गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
सो अवसरमा रेडियोबाट प्रकाशित ‘सफलता’ स्मारिकाको विमोचन गरिनाका साथै नेपाली कला तथा साहित्यमा योगदान दिने तेजनाथ घिमिरे, महिला सशक्तीकरणमा रामकली खड्का, कृषिमा विश्वनाथ पराजुली, पर्यटनमा किसन गुरुङ र पत्रकारितामा ऋषिराम बराललाई सम्मान गर्नुभएको थियो ।

रेडियोका प्रबन्ध निर्देशक तथा अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक तीर्थ श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts