काठमाडौँ, १६ मङ्सिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी तथा मध्य पृतना हेड क्वाटरअन्तर्गतका युनिटको आज निरीक्षण गर्नु भएको छ ।
सोही क्रममा उहाँले खोटाङको दिक्तेलस्थित श्री शेर गण, इलामस्थित श्री कालीध्वज गण र झापास्थित श्री कालीबहादुर गणको निरीक्षण गर्दै अनुशासित, संयम एवम् व्यावसायिक ढङ्गले उच्च मनोबलका साथ निस्वार्थ भावनाले आप्mनो जिम्मेवारी पूरा गर्न मातहतका निकायलाई निर्देशन गर्नुभयो ।
यसैबीच प्रधानसेनापति क्षत्रीले आजै इलामस्थित अन्य सुरक्षा निकायका पदाधिकारीसँगसमेत भेटघाट गर्नुभएको थियो ।
बिहीबार उहाँले महोत्तरीस्थित श्री फस्ट राइफल गण र रौतहटस्थित श्रीबक्स गुल्मको निरीक्षण भ्रमण गरी काठमाडाँै फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
No comments:
Post a Comment