काठमाडौँ, १६ मङ्सिर । सभामुख ओनसरी घर्ती मगरले व्यवस्थापिका–संसद्, कार्य सञ्चालन नियमावली मस्यौदा समितिका नवनिर्वाचित सभापति राधेश्याम अधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा अधिकारीलाई सभापतिको शपथ दिलाइएको हो । नियमावली मस्यौदा समितिको मङ्गलबारको बैठकले सर्वसम्मत रुपमा अधिकारीलाई सभापतिमा चयन गरेको थियो ।
वरिष्ठ अधिवक्ता अधिकारी मन्त्रिपरिषद्बाट सभासद्मा मनोनयन हुनुभएको थियो । सभापति अधिकारी रहेको नियमावली मस्यौदा समितिले आगामी २०७४ साल माघ ७ गतेसम्म कायम रहने हालको संसद सञ्चालनका लागि आवश्यक नियमावली निर्माण गर्नेछ ।
एकसट्ठी सदस्यीय सो समितिले संसद्, समितिको बैठक सञ्चालनसँगै विधेयक, नियमावली र ऐन निर्माणलगायत महत्वपूर्ण कामको विधि र प्रक्रिया निर्धारण गर्नेछ । रासस
–––––––
No comments:
Post a Comment